फ्युचर कनेक्ट समिट २०२५ सम्पन्न
काठमाडौं । प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘फ्युचर कनेक्ट समिट २०२५’ सम्पन्न भएको छ ।
आईतबार आयोजित उक्त कार्यक्रममा नेपालको प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरू हुवावे नेपालका पदाधिकारीहरूको सहभागितामा रहेको थियो ।
‘ड्राइभिङ अ ग्रिनर डिजिटल फ्युचर’ नारासहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले नेपालको डिजिटल विकासका सम्भावनाहरू, विश्वव्यापी प्रविधिको नवीनतम प्रयोग र हरित प्रविधि विकासका विषयमा छलफल गरेका थिए ।
कार्यक्रममा हुवावे नेपालका पब्लिक रिलेसन प्रमुख लिन हाइले नेपाली प्रविधि पत्रकारहरूसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी व्यक्त गरे ।
उनले भने, ‘नेपालको प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन हामी टिजेएफबीसँग सहकार्य गर्न पाएकोमा गर्व गर्छौं। भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने हाम्रो अठोट छ ।’ उनले प्रविधिको फाइदा समाजका सबै वर्गसम्म पु¥याउन हुवावेले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
हुवावे हाल विश्वका १७० भन्दा बढी देशमा सेवा प्रदान गर्दै करिब २ लाख ७ हजारभन्दा बढीलाई रोजगारी दिएको छ ।
कार्यक्रममा टिजेएफका अध्यक्ष उमेश पौडेलले नेपालमा प्रविधि पत्रकारितालाई थप फराकिलो पार्नका लागि यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने बताए ।