रविलाई निलम्बन गर्न संसदलाई प्रहरीको पत्र
काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी ( रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको संसद पद निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले संसद् सचिवालयलाई पत्र पठाएको छ । संसदलाई लेखेको कास्की प्रहरीको उक्त पत्र प्रहरी प्रधान कार्यालय र गण्डकी प्रहरीलाईसमते बोधार्थ लेखिएको छ ।
संसद् सचिवालयका रविलाई निलम्बन गर्न लेखेको पत्र आइतबारै आइपुगेको छ। उक्त पत्र आइतबार अबेर मात्रै आएकोले यसविषयमा अब सोमबार प्रक्रिया अघि बढ्ने संसद सचिवालयले जानकारी दिएको छ ।
सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो । रविलाई ३१ करोड २६ लाख रुपैयाँको बिगो दाबी गर्दै आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।