रविको स्रोत नखुलेको २७ करोड बढी सम्पत्ति: निकिताविरुद्ध पनि मुद्दा



पोखरा । कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गरिएको छ । लामिछानेको मात्र २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरणमा सो रकमको स्रोत नखुलेको भन्दै मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको पाइएको सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

यसैगरी, पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

आइतबार दर्ता गरिएको पुरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर लागेको छ भने ८ कम्पनी र पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको छ ।

लामिछानेकी पत्नी निकिता पौडेललाई समेत प्रतिवादी बनाइएको छ । पाँच जनालाई उनीहरूको सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

छविलाल जोशीकी पत्नी पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाईं, र दिदी गीता पछाईंको समेत सम्पत्ति जफत गर्न माग गरिएको छ ।


क्लिकमान्डु