गरिमा समृद्धि योजना निष्काशन
काठमाडौं । गरिमा विकास बैंक कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको गरिमा समृद्घि योजना निष्कासन भएको छ ।
सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना प्रतिइकाई १० रुपैयाँका दरले एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” आजबाट निष्कासन भएको छ ।
यसमा पुस ११ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । यसमा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।