आपत्तिजनक सामग्री बनाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरो पुगिन् समीक्षा



काठमाडौं । गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अपमानजनक भिडियो राखी आफ्नो चरित्रहत्या गरिएको भन्दै साइबर ब्युरोमा उजुरी दर्ता गराएकी छन् ।

उनका अनुसार एआई प्रविधिको प्रयोग गरी उनका भिडियो परिवर्तन गरेर आपत्तिजनक सामग्री बनाइएको छ। उनले ‘दिपु कान्छो’ नामक फेसबुक पेजविरुद्ध उजुरी दर्ता गरेकी हुन् ।

समीक्षाले फेसबुक, टिकटक, र युट्युबजस्ता प्लेटफर्महरूमा आपत्तिजनक भिडियो पोस्ट गरिएको विवरण उजुरीमा समावेश गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

‘मेरो चरित्र हत्या गर्ने व्यक्ति विरुद्ध आज साइबर व्युरोमा निवेदन दिएकी छु । मेरो व्यक्तिगत र पारिवारिक जिवनमा असर पर्ने गरी राखिएको यस्तो प्रकारका भिडियोले समाज तथा राष्ट्रलाई नै असर पर्छ । साइबर व्युरोबाट कम्प्युटर र एआईको दुरुपयोग गरी यस्तो कार्य गर्ने व्यक्तिलाई तत्काल खोजी गरी कारवाही गर्ने जानकारी पाएको छु । कृपया सस्तो लोकप्रियता कमाउने उद्देश्यले कुनै पनि छोरी चेलीको जिवनलाई असर पर्ने गरी ग्रैह कानूनी क्रियाकलाप नगरीदिनुहुन अनुरोध गर्दछु’ समीक्षाले भनेकी छन् ।


क्लिकमान्डु