नेपालमै पहिलो पटक सिआरएन नम्बर र सेयर आवेदन सेवा सिटिजन्स मोवाइल बैंकिङ एपमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपछि नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।
सिटिजन्स मोबाइल बैंकिङ एप मार्फत ग्राहकहरूले सिधै आईपीओ/एफपीओ/राइट सेयरका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्नेछन् ।
कारोवार सफलताको जानकारी ग्राहकवर्गले रियल टाइममा नै प्राप्त गर्नेछन् । आईपीओ/एफपीओ/राइट सेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सनकोको रियल टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्धतापछि ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झंझट मुक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्नेछ र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ ।
हालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।