
काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले ‘अल न्यु टिभिएस जुपिटर बि.एस. ६’ का लागि नयाँ ग्राहकमुखी योजना सार्वजनिक गरेको छ । दैनिक रूपमा बढ्दै गएको पेट्रोलको खर्चबाट चिन्तित उपभोक्तालाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याएको हो।
‘पेट्रोलको टेन्सन ? अब टिभिएस जुपिटर सोलुसन’ भन्ने मूल नाराका साथ सुरु भएको यस अभियान अन्तर्गत जुपिटर स्कुटर किन्दा ग्राहकले ९ महिनासम्म निःशुल्क पेट्रोल पाउनेछन् । यसका साथै यो स्कुटरले प्रति लिटर ६० किलोमिटरसम्मको माइलेज दिने कुरा पनि कम्पनीले उल्लेख गर्यो । उत्कृष्ट माइलेज, आरामदायी यात्रा र आधुनिक बनावटका कारण यो स्कुटर दैनिक प्रयोगका लागि निकै उपयोगी मानिँदै आएको छ ।
यो योजनामा ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै मासिक २,८९९ रुपैयाँबाट सुरु हुने न्यूनतम किस्ता सुविधा समेत उपलब्ध गराइएको छ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यो अभियानका बारेमा बोल्दै जगदम्बा मोटर्सले सधैं नेपाली ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राखेर भरपर्दो सेवा दिँदै आएको बताए । उनले अहिलेको समयमा पेट्रोलको बढ्दो खर्च धेरैका लागि चिन्ताको विषय बनेको भन्दै टिभिएस जुपिटरले आफ्नो उत्कृष्ट माइलेज र सुलभ किस्तामार्फत ग्राहकलाई राहत र विश्वास दिलाउने दाबी गरे ।
टिभिएस जुपिटर बिएस ६ आधुनिक नेपाली परिवार, कार्यालय जाने कर्मचारी तथा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त स्कुटर हो । यसको किफायती माइलेज, चलाउन सहज अनुभव, आकर्षक रूप र आजीवन वारेन्टी जस्ता विशेषताले गर्दा यसलाई दैनिक यात्राको भरपर्दो साथी मानिएको छ ।
यो विशेष अफर नेपालभर रहेका टिभिएसका आधिकारिक बिक्री केन्द्रहरूमा सीमित अवधिका लागि मात्र उपलब्ध हुने जानकारी कम्पनीले दियो। यस योजनामा निश्चित नियम तथा सर्तहरू भने लागू हुनेछन् ।









प्रतिक्रिया