काठमाडौं । यति एयरलाइन्ससँग सहकार्य गरेर पोखराको रुपाकोट रिसोर्टले २ जनालाई दुईतर्फी उडान र एक रात बस्नेसहितको प्याकेज दिएको छ ।
रुपाकोट रिसोर्टले यही डिसेम्बरसम्मका लागि १७ हजारमा र जनवरी २०२५ देखि १८ हजार ५ सय रुपैयाँको प्याकेज दिएर पर्यटकीय सेवा दिने भएको हो ।
रुपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारीका अनुसार काठमाडौं–पोखराको दुईतर्फी टिकेटसहित रुपाकोट रिसोर्टमा २ जनालाई एक रात बस्ने र ब्रेकफास्ट दिने गरी प्याकेज बिक्री भइरहेको छ ।
हाल डिसेम्बरसम्मका लागि १७ हजारमै पाइने यो सुविधा जनावरी लागेपछि भने १८ हजार ५ सय पुग्नेछ । रुपाकोट रिसोर्टले १० औं वार्षिकोत्सवको अवसरमा पर्यटकीय सेवा र सुविधामा यति एयरलाइन्ससँग सहकार्य गरेर प्याकेज सुविधा दिएको अधिकारीले बताए । उनकाअनुसार यो प्योकजबाट अहिले नै ५० कोठा बुक भइसकेको छ भने १०० जनाले सेवा लिइसकेका छन् ।
‘होटलको दरमा एक हजारदेखि १५ सय छुट दिने र एयरलाइन्सले पनि छुटसहिटको टिकट दिएर आगामी मार्चसम्मको लागि यो सुविधा दिइएको हो,’ उनले भने ।
पर्यटकीय सेवा र सुविधामा केन्द्रित रुपाकोट रिसोर्टले २६ डिसेम्बरमा मनाउँदै गरेको १० औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई सुविधा दिइएको बताए ।
यति एयलाइन्ससँग पहिलोपटक सहकार्य गरेर रुपाकोट रिसोर्टले यो सुविधा दिएको हो।
यस्तो प्याकेज सुविधाले एयरलाइन्सलाई माइलेज दिन्छ भने रिसोर्टको पनि प्रवर्द्धन हुने छ ।
एयरलाइन्ससँगको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि केही न केही गर्नुपर्ने भनेर प्रवर्द्धनात्मक काम गरिएको अधिकारीको भनाइ छ ।
होटलले आगामी २६ डिसेम्बरमा वार्षिकोत्सव मनाउँदै छ । उक्त कार्यक्रममा भारत उत्तर प्रदेशका अध्यक्ष सतीश महाना सहभागी हुँदैछन् । उनको उपस्थितिमा रुपाकोट रिसोर्टले वार्षिकत्सव भव्य बनाउने अधिकारीले बताए ।
प्रतिक्रिया