दर्जन बढी देशका पर्यटकले सानिमा बैंकको क्यूआरमा स्क्यान गरी रकम भुक्तान गर्न सक्ने
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्तालाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ । सम्झौताअनुसार चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशबाट नेपाल आएका पर्यटक र अलिपे प्लस प्रयोगकर्ताले डोमेस्टिकवालेट मार्फत् नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सानिमा बैंकको एनसीएचएलसँगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रबद्र्धन गर्ने उद्देश्य रहेको छ ।
सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३४ कार्यालयहरु तथा १२५ वटा एटीएम सञ्जाल रहेका छन् ।