धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराजले दिए राजीनामा, नयाँ अध्यक्ष आउनेवित्तिकै किन बिदा भए पोखरेल ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । २ वर्षअघि कार्यकारी निर्देशकमा बढुुवा भएका पोखरेलले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।
बोर्ड स्रोतका अनुसार उनले माघ ७ देखि कार्यालय नआउने गरी राजीनामा दिएका हुन् । १ महिनाको म्याद राखेर राजीनामा दिनुपर्ने भएकाले यसो गरेको बोर्ड स्रोतको भनाइ छ ।
रमेश हमाल बोर्डको अध्यक्ष नियुुक्त भएलगत्तै पोखरेल कार्यकारी निर्देशकमा बढुुवा भएका थिए । बोर्डका नयाँ अध्यक्ष आएलगत्तै कार्यकारी निर्देशकले राजीनामा दिनुलाई अर्थपूूर्ण तरिकाले हेरिएको छ ।
गत मंसिर १० गते सरकारले बोर्ड अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको थियो ।