राधी विद्युत कम्पनीले लाभांश दिने
काठमाडौं । राधी विद्युत कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
मंसिर २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको छ ।
जसमा बोनस ४.७५ र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । या प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।