माछापुच्छ्रे बैंकले बनायो सेयरधनीको हात खाली
काठमाडौं । माछापुच्छ्रे बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।
मंसिर २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ ।
बैंकले वितरणयोग्य नाफासहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।