सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम घट्यो
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
अन्तिम १ मिनेटमा बजार ३ अंकले सुधार भएको छ । तथापी समग्र बजार भने १२.८४ अंकले घटेर परिसूचक २६७६.८४ बिन्दु कायम भएको छ । यो दिन सूचकसँगै कारोबार रकम पनि घटेको छ ।
३१७ कम्पनीको १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ । कारोबारमा वित्त, उत्पादन तथा प्रशोधन, अन्य समूहको उपसूचक बढेको छ भने बाँकीको बढेको छ ।
कारोबारमा इमर्जिङ नेपाल, मिथिला लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, हिमालयन डिस्टीलरी कम्पनीका लगानीकर्ताले कमाएका छन् भने स्वाभिमान लघुवित्त, खानीखोला हाईड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोंरेशनका लगानीकर्ताले गुमाएका छन् ।