शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ८% लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा करसहित ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले पुस १९ गते बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

सभा प्रयोजनका लागि पुस ३ गते बुक क्लोज गर्ने भएको छ । पुस २ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु