सम्पूर्ण अपडेट

झापा-५ मा ओलीभन्दा बालेन दोब्बर मतले अगाडि

427
Shares


काठमाडौं । झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४७८ मत प्राप्त गर्दा ओलीले ३८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १३९ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९, कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।