
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनाको विवरण सार्वजनिक भएको छ । ६६२३ मत गणना गरिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २८०१ मत ल्याएका छन् ।
उनलाई नेकपा एमालेका अस्मिन घिमिरेले १२५९ मतका साथ पच्छ्याइरहेका छन् । नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङले ११५६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसकी मिना खरेललेले यहाँबाट ९१६ मत ल्याएकी छन् । अहिले इच्छाकामना गाउँपालिकातर्फका वडाहरूको मतगणना भइरहेको छ ।








प्रतिक्रिया