दमकको टावर उद्घाटन गर्न ओली झापामा
झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापा आइपुगेका छन् ।
झापाको दमकमा बनेको विजनेस टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार झापा पुगेका हुन् ।
दमक टावरको ओली यसअघि प्रधानमन्त्री हुँदा निर्माण थालिएको थियो । दमक नगरपालिका-३ मा करिब डेढ अर्ब लगानीमा यो टावर निर्माण भएको हो।
ओली दुई दिन गृहजिल्ला झापामा रहने छन् ।
ओलीले आज बेलडाँगी खानेपानी उद्घाटन गर्ने, गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा बितरण, गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन र बिर्तामोडस्थित सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने ओलीको कार्यक्रम छ ।