लाभांश घोषणा गरेकै दिन हायात होटलको सेयर मूल्य घट्यो, लगानीकर्ताले किन पत्याएनन् तारागाउँलाई ?



काठमाडौं । लाभांश घोषणा गरेकै दिन हायात होटल चलाउने कम्पनी तारागाउँ रिजेन्सी होटल्सको सेयर मूल्य घटेको छ । तारागाउँ होटलको सेयर मूलय विहीबार ६.१० प्रतिशतले घटेको छ । यसको सेयर मूल्य घटेसँगै लगानीकर्ताले तारागाउँको लाभांशलाई नपत्याएको देखिएको छ ।

तारागाउँ रिजेन्सी होटल्सले बिहीबार नै लाभांश घोषणा सार्वजनिक गरेको छ । मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०र०८१ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पुस २५ गते बस्ने बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु