नेप्से १५ अंकले घट्यो, सेयर बजार २७३४ अंकमा झर्यो
काठमाडौं । सेयर बजारको मापक नेप्से सूचक साताको अन्तिम दिन बिहीबार १५.९३ अंकले घटेको छ । बजार घटेसँगै सेयर बजारको सूचक २७३४.९३ अंकमा झरेको छ । बजार घटेको दिन ८ अर्ब ३६ करोड रुपैयाँको भएको छ।
बिहीबारको सेयर बजारमा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भने ४० कम्पनीले मात्रै कामाएका छन् ।
बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा खानीखोला हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मानुसी लघुवित्तसको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । यो संस्थाको सेयर मूल्य ८.३७ प्रतिशत घटेको छ । बजारमा आज गुमाउने कम्पनीहरुमा नेपाल फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल सहितका कम्पनी छन । यी कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ।
विहीबारको सेयर बजारमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३०७ वटाको १ करोड ६७ लाख कित्ता सेयरको ८७ हजार पटक कारोबार भएको छ ।