तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा
काठमाडौ । तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ ।
मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आवको नाफाबाट ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पुस २५ गते बस्ने बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।