भित्र रविको बयान, बाहिर प्रहरीसँग लामिछाने समर्थकको झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार (LIVE)
काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।
सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछाने सरकारी वकिलको कार्यालय चितवमा रहेको बेला प्रहरी र उनका समर्थकबीच झडप भएको थियो । रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।
चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको रवि समर्थकको जुलुसलाई प्रहरीले रोक्न खोजेका थिए । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।
प्रदर्शनकारीलाई हटाउन प्रहरीले अस्रु ग्यास र पानीको फोहोराको प्रयोग गरेको छ ।