नेप्से १७ अंकले बढ्यो, साढे ८ अर्बको कारोबार



काठमाडौं । सेयर बजारको मापक सूचक नेप्से मंगलबार १७.८० अंकले बढेर २७ सय ७५.८५ विन्दूमा पुगेको छ । नेप्से सूचक ०.६४ प्रतिशतले बढ्दा ८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।


मंगलबार बजार बढ्दा दुई कम्पनीको दिव्येश्वरी हाइड्रोपावर र इग्वा हाइड्रोपावारको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पीनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा अरु चार कम्पनी कोसमेत समेत शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

बजार बढेको दिन अपर स्याङगे हाइड्रोपावरले सबैभन्दा बढी ९.५१ प्रतिशतले गुमाएको छ । आज २४३ कम्पनीको सेयर मूल्यमा सकारात्मक बृद्धि हुँदा ९७ कम्पनीको मूल्य भने घटेको छ ।

मंगलबार नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३०७ वटाको कम्पनीको १ करोड ८१ लाख कित्ता शेयरको कारोबार ८८ हजार ७७५ पटक भएको छ ।
आजको सेयर कारोबारमा जीवन बिमाको उपसूचक ज्ञ.५२, फाइनान्स उपसूचक १.३९ प्रतिशले र हाइड्रोपवार उपसमूह १.८५ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु