नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर



बेइजिङ । नेपाल र चीनबीच ८ वटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायतमा विषयमा सहमति भएका हुन् ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको होे ।

वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा सोमबार बेइजिङ पुगेको हो ।


क्लिकमान्डु