अमेरिकी सहायक विदेशमन्त्री लू किन आउँदै छन् नेपाल ?
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । उनले मंसिर २३ देखि २५ गते (डिसेम्बर ८–१०) सम्म काठमाडौंमा बस्ने कार्यक्रम रहेको छ ।
दक्षिण एसियाको भ्रमणक्रममा भारत र श्रीलंकाको यात्रा पूरा गरेर उनी नेपाल आउने भएका हुन् । नेपाल भ्रमणपछि उनी अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यस भ्रमणका अवसरमा नेपालमा जलवायु संरक्षण, दिगो विकास लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, उनले युवाहरूसँग साक्षात्कार गर्नुका साथै केही नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।