टुपीएम स्न्याक्स् एण्ड नुडल्सलाई भारतको रिलायन्स रिटेलबाट ‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’पुरस्कार

154
Shares

काठमाडौं । नेपालको प्रिमियम तथा सबैभन्दा लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित भव्य समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित ‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ पुरस्कार प्राप्त गरेको छ।

यो पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डहरूको सम्मानमा प्रदान गरिएको र यसले प्रतिस्पर्धी बजारमा टुपीएमको उल्लेखनीय सफलतालाई देखाउँछ। टुपीएम ब्रान्डको प्रतिनिधित्व गर्दै श्री वेदान्त जाजुले यो पुरस्कार ग्रहण गरेका हुन्। टुपीएमले आफ्नो नवीनतम दृष्टिकोण, उपभोक्ताहरूसँगको बलियो सम्बन्ध र लन्च भएदेखि नै देखाएको तीव्र वृद्धिको लागि यो सम्मान पाएको हो।

आफ्ना विभिन्न स्वादिष्ट नुडल्स् तथा स्न्याक्स्का उत्पादनहरूको कारण टुपीएम चाँडै नै भारतीय उपभोक्ताहरूको मनपर्ने ब्रान्ड बन्न सफल भएको छ। यो सम्मानसँगै, टुपीएम स्न्याक्स् एण्ड नुडल्स्ले गुणस्तर, स्वाद र नवीनतालाई प्राथमिकता दिँदै भारतीय उपभोक्ताहरूलाई सन्तुष्ट पार्दै आफ्नो यात्रा जारी राख्ने छ।

‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ पुरस्कारले भारतीय खुद्रा बजारमा भविष्य निर्माण गर्ने सोच र सम्भावना बोकेका उदयमान ब्रान्डहरूलाई प्रोत्साहन गर्ने रिलायन्स रिटेलको प्रतिबद्धतालाई प्रस्तुत गर्दछ। अब टुपीएम स्न्याक्स् एण्ड नुडल्स् भारतभरका सबै आधुनिक व्यापार, ई–कमर्स र छिटो बिक्री वितरण हुने प्लेटफर्महरूमा उपलब्ध छन्।

Skip This