प्रधानमन्त्रीको चीन भ्रमण: ८७ सदस्यीय टोलीमा को को ?



फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोली चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने जनाइएको छ । ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका उद्योगी व्यवसायीहरु प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने भएका हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमण मंसिर १७ देखि २० गतेसम्म हुनेछ । भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक एवम् विकास सल्लाहकार डा. युवराज खतिवडा रहेका छन् । सांसदहरु अर्जुन नरसिंह केसी, श्याम कुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, बीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला, रन्जिता श्रेष्ठ रहेका छन् ।

मुख्य सचिव एकनारायण अर्याल, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालय का.मु सचिव अमृत बहादुर राई, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीको निजी चिकित्सक, परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी हुने छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्या सिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सहसचिव, उत्तरपूर्वी एसिया महाशाखाका कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्र उपसचिव मणिरत्न शर्मा,

प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, परराष्ट्र मन्त्रीका स्वकीय उपसचिव कमल रावल,शिष्टाचार अधिकृत ऋचा भट्टराई,उत्तरपूर्वी एसिया महाशाखाका शाखा अधिकृत जानकी ओझा, शाखा अधिकृत सुजन लामीछाने, शिष्टाचार सहायक विनोद खनाल, प्रधानमन्त्रीका निजी सहयो जयश्री शाक्य र परराष्ट्र मन्त्रीका निजी सहयोगी अनिता सिंह टोलीमा सहभागी छन् ।

व्यवसायी संगठनका प्रमुखसहित ३/३ जना प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का संघका अध्यक्ष गणेश कार्की, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष करण चौधरी, नेपाल आयात उद्योग संघका अध्यक्ष शंकरप्रसाद पाण्डेय लगायत छन् ।


क्लिकमान्डु