ह्याप्पीडेन्ट बन्यो एनपीएलको आधिकारिक स्पार्कलिङ स्माइल पार्टनर
काठमाडौं । नेपालमा सबैभन्दा मन पराइएका च्युइङगम ब्राण्डहरूमध्येको एक ह्याप्पीडेन्टले नेपाल प्रिमियर लिग (एनपीएल)सँग सिजन-१ का लागि स्पार्कलिङ स्माइल पार्टनरका रूपमा आफ्नो आधिकारिक साझेदारी घोषणा गरेको छ ।
आधिकारिक स्पार्कलिङ स्माइल पार्टनरका रूपमा ह्याप्पीडेन्टले एनपीएल सिजनभर प्रशंसक र खेलाडीहरूका लागि आफ्नो स्पार्कलिङ स्माइल अनुभव ल्याउनेछ ।
यो नयाँ साझेदारीले आफ्नो मनपर्ने टोलीहरूलाई समर्थन गर्दा फ्यानहरूलाई आत्मविश्वास महसुस गर्न प्रोत्साहित गर्दै उज्यालो मुस्कानको शक्ति मनाउन केन्द्रित हुने बताइएको छ ।