कांग्रेस कोषाध्यक्ष बने व्यवसायी उमेश श्रेष्ठ



काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्षमा व्यवसायी उमेश श्रेष्ठ मनोनित भएका छन् ।

केन्द्रीय कार्यसमितिका निर्वाचित श्रेष्ठलाई सभापति शेरबहादुर देउवाले कांग्रसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

व्यवसायीका रुपमा श्रेष्ठले शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी गरेका छन् ।

२०७९ को निर्वाचनमा श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । तर, रास्वपाका सभापति रवि लामिछानेसँग उनी पराजित भएका थिए । यसअघि उनी राज्यमन्त्री भएका थिए ।


क्लिकमान्डु