जीवन विकास लघुवित्तको लाभांश घोषणा



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १४.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४ प्रतिशत र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी आवको साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु