धितोपत्र बोर्डको अध्यक्षका प्रत्यासी चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा अनुपस्थित
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएर अन्तर्वार्ता दिन छुटेका बाँकी ३ जनामा २ जना मात्रै उपस्थित भएका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आज अन्तर्वार्ता तथा प्रस्तुतीकरण दिन छुटेका ३ जनामध्ये नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीमात्रै पुगेका छन् । तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं भने अनुपस्थित भएका छन् ।
बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले आज बिहान ८ बजे अन्तर्वार्ता लिन बोलाएको थियो ।
यसअघि अध्यक्षका प्रत्यासी सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको अन्तर्वार्ता सकिएको छ ।
अध्यक्ष छनोट समितिका संयोजक तथा योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले दुई जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण यसअघि नै शिलबन्दी रुपमा लिइएको र अहिले २ जनाको पनि अन्तर्वार्ता तथा प्रस्तुतीकरण भएको बताए ।
धितोपत्र बोर्ड २०८० पुस २० गतेदेखि अध्यक्ष बिहीन छ ।