नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आज अन्तर्वार्ता



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जना मध्ये ३ जनाको अन्तवार्ता आज हुँदैछ ।

यसअघि अन्तवार्ता तथा प्रस्तुतीकरण दिन छुटेका ३ जनाको आज बिहान अन्तवार्ता हुन लागेको हो ।

बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले आज बिहान ८ बजे अन्तवार्ता लिने जनाएको छ ।

समितिले सूचना जारी गर्दै कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीलाई बोलाएको छ ।

तीन जनाको अन्तवार्ता आज ८ बजे सिंहदरबारको अर्थ मन्त्रालयमा हुनेछ । यसअघि
सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको अन्तरवार्ता सकिएको छ ।

धितोपत्र बोर्डमा २०८० पुस २० गतेदेखि अध्यक्ष बिहीन छ ।


क्लिकमान्डु