रास्वपाबाट उम्मेदार उठ्न लागेकालाई कांग्रेसले अपहरण गरेको आरोप

1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बन्ने तयारी गरेकी सुजाता थापालाई डर धम्की दिएर उम्मेदवारीबाट पछि हट्न बाध्य बनाइएको रास्वपाले दाबी गरेको छ ।

रास्वपाले उपाध्यक्षमा उम्मेदवार बन्न तयार रहेकी थापा र उनका श्रीमानलाई ४०–५० जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै लगिएको दाबी गरेको छ । रास्वपाले नेपाली कांग्रेसका नेता कार्यकर्ताले उनीहरुलाई अपहरण गरिएको दाबी गरेका छन् ।

रास्वपाले भने सुजातालाई डरत्राशमा राखेर बोल्न लगाइएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ ।

उपनिर्वाचन हुने अन्य क्षेत्रमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरुलाई डर धम्की दिने काम भइरहेको उनले बताए । यस विषयमा सुरक्षा निकायहरुलाई जानकारी गराउँदा पनि चित्तबुझ्दो पहल नभएको उनको गुनासो छ ।