गौशालामा महानगरले चलायो डोजर, सडक मिचेर बनाएका संरचना भत्कायो



काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरि बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको महानगरले जनाएको हो।

धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना डोजरले भत्काइरहेको हो । पक्की र कच्ची गरी दर्जन बढी संरचना हटाउनु पर्ने अवस्था रहेको नगर प्रहरीले जनाएको छ ।


क्लिकमान्डु