सिग्नेचर लगायतका रक्सी उत्पादन गर्ने नेपाल लिकर्सद्वारा पौने २ अर्ब ऋणका लागि रेटिङ



काठमाडौं । नेपाली बजारमा सिग्नेचरका साथै एन्टीक्वीटी, म्याकडोवेल्स नम्बर वान, ब्लु रिबान्ड जिन र रोयलव च्यालेन्सजस्ता रक्सी उत्पादन र बिक्री गर्ने नेपाल लिकर्स प्रालिले १ अर्ब ७७ करोड ७८ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ ।

सन् १९८२ मा सुरु भएको यो कम्पनी नेपालकै पुरानो मध्येको रक्सी उद्योगमा पर्छ । विराटनगरमा उत्पादन कारखाना रहेको यो कम्पनीमा राजेशवीर सिंह तुलाधर कार्यकारी निर्देशक रहेका छन् भने यसको स्वामित्व पनि एकै परिवारमा सीमित रहेको छ ।

यो कम्पनी अहिले डियाजियो पिएलसीको फ्रन्चाइजका रुपमा पनि रहेको छ ।

कम्पनीलाई रेटिङ एजेन्सी इन्फोमेरिक्सले १ अर्ब ७७ करोड ७८ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गरेको छ ।

जसमा दीर्घकालिन कर्जा सुविधामा ९१ करोड ६१ लाख रुपैयाँका लागि बी प्लस र अल्पकालीन कर्जा सुविधामा ८६ करोड १७ लाख रुपैयाँका लागि ए फोर रेटिङ दिइएको छ ।


क्लिकमान्डु