रविको पक्षमा आन्दोलन गरिरहेका रास्वपा नेताविरुद्ध अदालतको अपहेनामा मुद्दा चल्ने



काठमाडौं । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेको बिरोधमा आन्दोनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुविरुद्ध अदालतको अपहेलना मुद्दा चल्ने भएको छ ।

अदालतमा मुद्दा चलिरहेको बेला अदालतको गतिविधिविरुद्ध आन्दोलन भएको भन्दै अदालतको अपहेलना निवेदन दर्ता हुन लागेको हो । यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको निवेदन दर्ता गर्न मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले आदेश दिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा चरणमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको भन्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए । तर सर्वोच्च प्रशासनले त्यसलाई दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो ।

दरपिठविरुद्ध भट्टराईले इजलासमा निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गरेको हो ।

दरपिठ बदर भएपछि आजै अवहेलनाको निवेदन पेस गर्ने अधिवक्ता भट्टराईको तयारी छ ।

निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम, हरि ढकाल लगायका सांसदलाई विपक्षी बनाइएको छ।


क्लिकमान्डु