हावा भर्ने क्रममा ट्यांकरको टारय पड्किँदा एक जनाको मृत्यु, ६ जना घाइते



मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङ‍मा ट्यांकरको टारय पड्किँदा एक जनाको मृत्यु भएक छ ।

टायर रिपियर पसलमा टायर पड्किँदा ६ जना घाइते भएका छन् ।

मधेश प्रदेश ०३-००२ ख ०३०० नम्बरको पेट्रोल लोड गरिएको ट्यांकरको पन्चर भएको टायर बनाएर हावा भर्ने क्रममा पड्किन जाँदा टायर पसल सञ्चालक भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु भएको हो ।

टायर खोली बनाई हावा भर्ने क्रममा सोमबार राति १:०५ बजेको समयमा टायर पड्किँदा नजिक रहेका ३४ वर्षीय ऐजाजको टाउको र शरीरको बायाँ भागमा चोट लागेको थियो । गम्भीर घाइते उनलाई भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि पठाइएकोमा बिहान सवा ४ बजे चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पसलका कामदार पर्सा जिल्ला धोबिनी गाउँपालिका- २ का १८ वर्षीयजाबिर हवारे, मधेस प्रदेश ०३–००२ख ०३०० नम्बरको ट्याङ्करका चालक हेटौँडा-११ स्मारक बस्ने ३९ वर्षीय देवान लामा लामा घाइते भएका छन् । यस्तै धादिङको धुनिबेसी नगरपालिका- २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा ११ नवलपुरका ४७ वर्षीय मोहनलाल दुलाल र अर्को ट्याङ्करका चालक धादिङकोथाक्रे गाउँपालिका-८ का ३८ वर्षीय लक्ष्मण थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ट्याङ्कर चालक लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते डिस्चार्ज भएका न् ।


क्लिकमान्डु