पूर्वमन्त्री अधिकारी पक्राउको विषयमा संसद सचिवालयले टाँस्यो सूचना
विराटनगर । कोशी प्रदेश सरकार पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेको छ ।
मन्त्रिपरिषद्को स्वीकृतिबिना अनधिकृत व्यक्तिलाई जापान लगेको प्रकरणमा मुछिएका अधिकारीलाई प्रहरीले हिजो विराटनगरमा पक्राउ गरि काठमाडौं लगेको थियो ।
जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान तथा कारवाही शाखा) मोरङको पत्र कोशी प्रदेश सभा विराटनगरमा प्राप्त भएको भन्दै कोशी प्रदेश संसद सचिवालयले सूचना टाँस गर्दै संसदलाई जानकारी दिएको हो ।
‘जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान तथा कारवाही शाखा) मोरङको चनं. ५३९६ मिति २०८१/०७/२५ को पत्रानुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश पाण्डे समेत भएको लिखत तथा मानव बेचबिखन सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०८१/०७/२५ गते पक्राउ अनुमति जारी भएका कोशी प्रदेश सभाका माननीय सदस्य लिला वल्लभ अधिकारी समेतलाई पक्राउ गरी थप अनुसन्धान कार्यका लागि श्री जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराईएको जानकारी प्राप्त भएकाले प्रदेश सभा नियमावली, २०७४ को नियम १९० को उपनियम (२) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।
अधिकारीलाई थप अनुसन्धानका लागि अदालतले प्रहरीलाई तीन दिनको म्याद दिएको छ ।