नाडेप लघुवित्त ५ करोड नोक्सानमा
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नाडेप लघुवित्त वित्तीय संस्था ४ करोड ९७ लाख २४ हजार ९७५ रुपैयाँ नोक्सानमा रहेको छ ।
गत आवको असोज मसान्तसम्म कम्पनीले ५ लाख १० हजार १८२ रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको ब्याज आम्दानी बढेपछि सञ्चालन नाफा ऋणात्मक रहेको छ । सञ्चालन नाफा ऋणात्मक भएपछि नोक्सानमा गएको छ ।
कम्पनीले प्रकाशित गरेको तीन महिनाको वित्तीय अवस्था अनु्सार कम्पनीको खुद ब्याज आम्दानी ५ करोड ८३ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५ करोड १९ लाख २२ हजार रुपैयाँ रहेको थियो ।
गत आवको असोज समान्तसम्म १ लाख १३ हजार ११६ रुपैयाँ सञ्चालन नाफा रहेकामा अहिले ५ करोड २ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
४ अर्ब ८५ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ४६ करोड १ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ६.५६ प्रतिशतबाट बढेर १०.५१ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी १० रुपैयाँ २४ पैसा ऋणात्मक छ । प्रति सेयर नेटवर्थ १७२ रुपैयाँ ९३ पैसा छ ।