राष्ट्रपतिद्वारा चीन र अमेरिकामा नयाँ नेपाली राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि राजदूत नियुक्त गरेका छन् । संसदीय सुनुवाइ पूरा भइसकेका प्राडा कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई राष्ट्रपतिले अमेरिकाको राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरेको शीतल निवासले जनाएको छ ।
मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै छन् ।