अमेरिकी फेडले घटायो ब्याजदर



काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाएको छ । मुद्रास्फीति दर घटेसँगै बिहीबार फेडले ब्याजदर एक चौथाई प्रतिशत बिन्दुले घटाएको हो ।

अमेरिकाले नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पलाई निर्वाचित गरेको स्थितिमा फेडले ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको हो ।

यद्यपि ट्रम्प निर्वाचित भएको परिवेशमा ब्याजदर कटौतीको गति अनिश्चित बन्न सक्ने वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

फेडको यो निर्णयले रोजगार बजार थप तरल हुने अनुमानसहित अधिकारीहरु सतर्क बसेको संकेत गरेको बताइएको छ । गत सेप्टेम्बरमा पनि फेडले पछिल्लो ४ वर्षमा बेन्चमार्क ब्याजदर ०.७५ प्रतिशत बिन्दुले घटाएको थियो ।

त्यतिबेले यस्तो दरको अधिकम बिन्दु ५ प्रतिशत र तल्लो बिन्दु ४.५ प्रतिशत बनाएको थियो । बिहीबारको निर्णयले अधिकतम दर ४.७५ प्रतिशतमा झरेको छ । सन् २०२२ को मेयता यस्तो दर निरन्तर बढिरहेको थियो ।

फेडका अध्यक्ष जेरेमी एच पावेलले पछिल्लो २ वर्षमा मुद्रास्फीति दर सहज भएको बताए । साथै फेडको उपयुक्त नीतिगत व्यवस्थाले महँगी दर झनै घट्ने प्रक्ष्येपण गरे ।


क्लिकमान्डु