बिनाजानकारी जापान गएपछि आलोचना, कोशीका मन्त्रीले दिए राजीनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारबाट भ्रमण स्वीकृत नगरी जापान गएको भन्दै विवादमा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाइसकेको जानकारी दिए ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ । तर, मन्त्रिपरिषद्को निर्णय बिना नै जापान पुगेर फर्किएको भन्दै मन्त्री अधिकारीको आलोचना भएको थियो ।
अधिकारी गत कात्तिक १३ गते जापानमा आयोजना भएको एक कार्यक्रममा सहभागी हुन गएका थिए ।
अधिकारी एमालेबाट मन्त्री बनेका हुन् ।