अधिकांश स्विङ राज्यमा ट्रम्पको अग्रता
एजेन्सी । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । यो निर्वाचनबाट अमेरिकाका ४७औँ राष्ट्रपति छानिने छन् ।
वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पबीच नयाँ राष्ट्रपतिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ट्रम्पले अहिलेसम्म रिपोर्ट गरिएका अधिकांश स्वीङ राज्यहरूमा बलियो पुनरागमन देखाइरहेको सीएनएनले जनाएको छ ।
उनी जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा अगाडि छन्, जहाँ अधिकांश मत गणना भइसकेको छ ।
एरिजोना र विस्कोन्सिनमा उनी अलिकति अगाडि छन् । ती दुई राज्यमा आधाभन्दा बढी मत गणना भइसकेको छ ।
यसैबीच, कमला ह्यारिस मिशिगनमा अगाडि छिन्, यद्यपि त्यहाँ ३२% मात्र मत आएको उल्लेख गरिएको छ ।
यी मध्ये कुनै पनि राज्यमा पूर्ण गणना सकिएको छैन र यहाँ मत चाँडै परिवर्तन हुन सक्ने जनाइएको छ । अझै धेरै गणना बाँकी रहेकाले कसले जित्छ भन्ने एकिन नभएको जनाइएको छ ।