अमेरिकी चुनाव: प्रारम्भिक रुझानमा ट्रम्पले बनाए यी राज्यमा अग्रता



काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानको गणना सुरु भएको छ ।

कतिपय राज्यमा सुरु भएको मतगणनामा अहिलेसम्म डोनाल्ड ट्रम्पले अग्रता बनाइरुहेका छन् । कतिपक्ष इलेक्ट्रोल कलेजमा भने वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले अग्रता बनाएकी छिन् ।

अहिलेसम्म यी राज्यमा ट्रम्पले जित्ने पूर्वानुमान गरिएको छ-

फ्लोरिडा
अल्बामा
मिसौरी
ओक्लाहोमा
टेनेसी
लुइसियाना
टेक्सास
व्योमिङ
साउथ डकोटा
नर्थ डकोटा
अर्कांसस
साउथ कैरोलाइना

कमला ह्यारिसले जित्ने प्रोजेक्सन गरिएका राज्य

न्यूयोर्क
डिस्ट्रिक्ट अफ कोलंबिया
मैरील्याण्ड
मैसाचुसेट्स
रोड आइल्याण्ड
डेलावेयर

स्विङ स्टेट मिशिगनमा भोटिङ समाप्त भएको छ

अमेरिकाको स्विङ स्टेट मिशिगनमा पनि मतदान सकिएको छ र यहाँको सुरुवाती रुझान आउन थालेको छ ।

राज्यमा अहिलेसम्म ८ प्रतिशत भोटको गणना भएको छ जसमा कमला ह्यारिसको अग्रता देखिएको छ ।

मिशिगनको वेन काउन्टी र वाश्टेनव काउन्टीमा पनि अधिकांश भोट गनिएको छ । यो डेमोक्रेटिक पार्टीको गढको रुपमा रहेको छ ।

गत चुनावी नतिजामा मिशिगनमा २०२० मा जो बाइडन १ लाख ५० हजार भोटले जितेका थिए । जबकी २०१६ मा १० हजार भोटले ट्रम्पले जितेका थिए ।


क्लिकमान्डु