फ्लोरिडामा रिपब्लिकन पार्टीको अग्रता, ७३ प्रतिशत भोट गणना
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई जीत प्राप्त हुने देखिएको छ ।
अहिलेसम्म ७३ प्रतिशत भोटको गणना सकिएको छ । यो क्षेत्रमा आज भन्दा २४ वर्ष पहिला केही हजार भोटले रिपब्लिकन पार्टीका जर्ज डब्ल्यू बुशले जितेका थिए । उनले डेमोक्रेटिक उम्मीदवार अलगोरलाई हराएका थिए ।
फ्लोरिडाको रुझान हैरान गर्नेवाला छैन । तर डेमोक्रेटिक पार्टीका लागि चिन्ताको विषय भने ट्रम्पले सेन्ट्रल फ्लोरिडाको अरल्याण्ड शहरको नजिक रहको ओसिओला काउन्टीमा अग्रता बनाउनु रहेको छ ।