रविमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले माग्यो थप २५ दिन, के होला ?



पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपको बहस जारी छ ।

सहकारी ठगी र संगठित अपराध आरोपमा पक्राउ परेका लामिछानेको मुद्दामा कास्की जिल्ला अदालतलका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसमा बहस भइरहेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न इजलास समक्ष थप २५ दिनको समय थप गर्न माग गरेको छ ।

तर, रविको पक्षबाट बहस गर्ने अधिवक्ताहरूले भने प्रहरीले लामिछानेमाथि सामान्य बयान मात्र लिएको र अनुसन्धान सकिएको भन्दै छाड्ने आदेशको माग गरेका छन् ।

रविको पक्षबाट अधिवक्ताहरू नारायण कँडेल, नारायण घिमिरे, सुशील पन्तलगायतले बहस गरेका छन् भने पीडितको पक्षमा युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गर्दै अनुसन्धान नसिकएका म्याद थप गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत कास्की पुर्याइसकेको छ ।

म्याद थपको बहसका लागि इजालसमा उपस्थित गराइसकेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

लामिछानेलाई ३० दिनको म्याद थपको मागसहित अदालतमा पेश गरेको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ ।

रविसहित सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशी, लिला पर्छाईं र रामबहादुर खनालको म्याद थपको बहस पनि पौडेलको ६ नम्बर इजलासमा हुनेछ ।


क्लिकमान्डु