प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, डाक्टरले जाँच गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले निगरानीमा राखेका छन् ।

ओलीलाई ज्वरो आइरहेको छ ।

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य प्रतिकुल देखिएको छ ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ प्रकाश सिलवालले क्लिकमान्डुले भने, ‘चिकित्सकले उहाँको स्वास्थ्य जाँच गरिरहनु भएको छ ।’

ओलीलाई के भएको हो भन्नेबारे चिकित्सकले अनुसन्धान गरिरहेको उनले बताए ।

बिरामी परेसँगै प्रधानमन्त्री ओलीका भेटघाट लगायतका कार्यक्रममा रोक लगाइएको उनको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु