नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा गर्दै मनाइ कुकुर तिहार (तस्बिरहरु)



काठमाडौं । यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।

हिन्दू परम्पराअनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।

कुकुर तिहारको अवसरमा नेपाली सेनाका तालिमप्राप्त कुकुरहरूको पूजा गरिएको छ । भक्तपुरको मध्यपुर थिमिमा अवस्थित भैरवबहान गुल्मका तालिम प्राप्त कुकुरहरूको बिहीबार एक विशेष समारोहका बिच पूजा गरिएको हो ।


क्लिकमान्डु