सेयर बजारमा गिरावट, ६ अर्बको कारोबार




काठमाडौ । सेयर बजारमा गिरावट आएको छ । बजार मापन गर्ने सूचक १४.४३ अंकले घटेर परिसूचक २६७७.६२ बिन्दु कायम भएको छ ।

तिहार अघिको बजार यस पटक घटेर बन्द भएको हो । ३०५ कम्पनीको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ७५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको घटेको छ ।

कारोबारमा होटल, निर्जीबन बिमा र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
बिहीबारबाट तिहारका लागि सार्वजनिक बिदा भएको छ । अब बजार तिहार पछि मात्रै खुल्ने छ ।


क्लिकमान्डु