सिटिजन लाइफको मैतिदेवीस्थित स्थानान्तरित शाखाको समुद्घाटन
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थीत स्थानान्तरीत शाखाको सोमबार समुद्घाटन गरेको छ । यस शाखा कार्यालयको उद्घाटनका कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल , मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलका साथै कम्पनीका केहि विभाग प्रमुख, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरु, लगायत केहि सिटिजन लिडरहरु र स्थानीय महानुभावको पनि उपस्थिति रहेको थियो ।
नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डर द्वय श्रेष्ठ र आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा गर्व रहेको भावना व्यक्त गरे ।
अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गरेकोमा उनीहरुले बधाई तथा शुभकामना व्यक्त गरे ।
यस कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।