ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न
काठमाडौ । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) चीनको वुहुमा सम्पन्न भएको छ ।
समिट अन्तर्गतको ‘लार्ज–स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि मुनको सहभागिता रहेको थियो ।
‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनि र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच ‘चेरिस नेचर’ नामक ग्लोबल को–अपरेसन प्रोजेक्ट सहयोग परियोजनामा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ भएको छ ।
सम्मेलनमा मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र (ग्लोबल न्यु इनर्जि सेक्टर)मा ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनिको योगदानप्रति प्रशंसा गरे ।
उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिनुका साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो-कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वान गरे ।
बान कि(मुनको सन्देश पछि, दिगो उच्च गुणस्तरीय विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा समानुपातिक विकास हासिल गर्न, ओमोडा एन्ड जेइकोको अभिभावक ओमोडा एन्ड जेइकोको अभिभावक कम्पनिले विश्वव्यापी इएसजि (इन्भायरमेन्टल, सोसियल, र गभर्नेन्स) अलाएन्स स्थापना भएको घोषणा गरेको छ ।
यो पहलले विभिन्न क्षेत्रहरूसँग सहकार्य बढाउँदै इनोभेसन, ग्रिन, एन्ड सेयरिङू (नवप्रवर्तन, दिगो, र साझेदारी) मा केन्द्रित ग्लोबल इको–कम्युनिटि निर्माण गर्ने लक्ष्य लिएको छ ।
सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको सहभागी रह्यो ।